०६ असार २०८३, शनिबार

बर्दियामा भएका छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु

भदौ २१, २०८१
बर्दिया
बर्दियामा भएका छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु

बर्दियामा हिजो (बिहीबार)भएका दुई छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएको छ । 

गुलरिया नगरपालिका–३ भगवती टोलकी एक बालिकाको पोखरीमा डुबेर मृत्यु भएको हो भने सोही नगरपालिका–११ बान्धुपुरमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ ।

टायल बनाउन प्रयोग गरिने पोखरीमा डुबेर चार वर्षीया बालिका दीक्षा यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । यस्तै, करेन्ट लागेर घाइते भएकी २१ वर्षीया अस्मिन गद्दीको उपचारका क्रममा मृत्यु भएको हो । 

salt training

कमेन्ट गर्नुहोस्