०९ साउन २०८३, शनिबार

देशका धेरै ठाउँमा वर्षा, दिउँसो केही क्षेत्रमा ठूलो पानी पर्ने

भदौ २१, २०८१
काठमाडौं
देशका धेरै ठाउँमा वर्षा, दिउँसो केही क्षेत्रमा ठूलो पानी पर्ने

हाल देशका धेरै ठाउँमा पानी परिरहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

गएराति पाल्पाको जाल्पा, कुमलगाउँ, गन्डाकोट, र आसपासमा भारी वर्षा मापन भएको छ । यसैगरी कपिलवस्तु, रुपन्देही, प्युठानमा पनि भारी वर्षा मापन भएको महाशाखाले जनाएको छ । 

यस्तै, कैलालीको टिकापुर, बलिया, बचिला क्षेत्रमा पनि भारी वर्षा भएको छ । बागलुङ र सिन्धुपाल्चोकमा भारी वर्षा भएको महाशाखाले जनाएको छ । 

यी क्षेत्र भई बहने नदी तथा खोलामा बाढी र होचा भेगमा डुबानको जोखिम भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

आज दिउँसो देशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोशी, बागमती, गण्डकी र कर्णाली  प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

राति पनि देशका पहाडी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति 
बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी  वर्षाको पनि सम्भावना छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्