०८ असार २०८३, सोमबार

गैँडाको आक्रमणबाट गाइडको मृत्यु​, २ जना घाइते

भदौ २१, २०८१
काठमाडौं
गैँडाको आक्रमणबाट गाइडको मृत्यु​, २ जना घाइते
फाइल तस्वीर

बर्दियामा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती इलाका मधुवन नगरपालिका –६ स्थित डल्ला सामुदायिक वनमा गाइडको काम गर्ने ३५ वर्षीय मनमोहन चौधरी छन् ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार गैँडाको आक्रमणबाट एक जना अमेरिकी नागरिकसमेत गरी दुई जना घाइते भएका छन् ।

उनीहरूको स्थानीय भुरीगाउँ नगर अस्पतालमा उपचार भइरहेको छ ।

घाइते दुवै खतरामुक्त रहेको निर्देशनालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्