१६ असार २०८३, मंगलबार

म्यान्मारमा सैनिकको हवाई आक्रमणबाट ११ सर्वसाधारणको मृत्यु

भदौ २१, २०८१
काठमाडौं
म्यान्मारमा सैनिकको हवाई आक्रमणबाट ११ सर्वसाधारणको मृत्यु

बैंकक– म्यान्मारको उत्तरी शान राज्यमा भएको सैन्य हवाई आक्रमणमा ११ सर्वसाधारणको मृत्यु र ११ जना घाइते भएको जुन्तासँग लडिरहेको जातीय सशस्त्र समूहका प्रवक्ताले शुक्रवार बताएका छन् । 

‘सेनाले शुक्रवार स्थानीय समयानुसार करिब राति १ बजे नम्हकम शहरका दुईवटा क्षेत्रमा बमबारी गर्यो,’ ता’आङ नेसनल लिबरेसन आर्मी (टीएनएलए)का ल्वे याय ऊले भने ।

उनका अनुसार आक्रमणमा ११ जनाको मृत्यु र अन्य ११ जना घाइते भए । आक्रमणमा स्थानीय राजनीतिक दलको एउटा कार्यालय क्षतिग्रस्त भएको छ । 

नम्हकम चीनको युनान प्रान्तको सीमाबाट करिब पाँच किलोमिटर टाढा छ । गत वर्ष धेरै साताको लडाइँपछि टीएनएलएका लडाकूहरूले उक्त शहरलाई नियन्त्रणमा लिएको दाबी गरेको थियो । 

सामाजिक सञ्जालमा राखिएका तस्वीरहरूमा मानिसहरूले भग्नावशेषबाट घाइते एक युवकलाई बोकेर लैजाँदै गरेको देखाइएको थियो । 
    
एउटा भिडियोमा धेरै भवन क्षतिग्रस्त भएको देखाइएको छ । एएफपी संवाददाताहरूले उक्त भिडियो नम्हकम साइटमा जियोलोकेसन गर्दै उक्त लोकेसेन कहिल्यै अनलाइन देखानपरेको बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्