२२ असार २०८३, सोमबार

नयाँ सरकार बनेपछि लगानीको वातावरण बन्यो : ऊर्जामन्त्री खड्का

भदौ २१, २०८१
काठमाडौं
नयाँ सरकार बनेपछि लगानीको वातावरण बन्यो : ऊर्जामन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नयाँ सरकार गठन भएसँगै मुलुकमा लगानीको वातावरण सृजना भएको बताएका छन् ।

भृकुटीमण्डपमा आजदेखि शुरू भएको ‘तेस्रो नेपाल पावरलाइट एन्ड इलेक्ट्रिक प्रदर्शनी’को उद्‌घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

नयाँ सरकार गठनसँगै आर्थिक, सामाजिक र राजनीतिक रूपमा विश्वसनीय वातावरण सृजना भएको उनको भनाइ छ ।

'दुई ठूला राजनीतिक दल मिलेर वर्तमान सरकार निर्माण भएको छ, नयाँ सरकारलाई नागरिकले समेत विश्वासमा लिएका छन्, यो सरकारले मुलुकमा लगानीको वातावरण सृजना गर्छ,' उनले भने ।

वर्तमान सरकारलाई आर्थिक हिसाबले मुलुकलाई अगाडि बढाउने जिम्मेवारी रहेको उनको भनाइ थियो ।

ऊर्जामन्त्री खड्काले वर्तमान सरकार, स्थायी सरकार भएकाले ढुक्क भएर लगानी गर्नसमेत आग्रह गरे ।

धेरै कम्पनीलाई एकै ठाउँमा राखेर मेला सञ्चालन भएकाले यस्ता मेलाले मुलुकको आर्थिक गतिविधि चलायमान बनाउने मन्त्री खड्काले बताए ।

उनले विद्युतीय उपकरणसम्बन्धी मेलाले मुलुकमा जलविद्युत् क्षेत्रको आन्तरिक खपत बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

मुलुकले आगामी १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेकाले निजी क्षेत्रको साथ र सहयोग आवश्यक रहेको उनले उल्लेख गरे ।

प्रदर्शनीले विद्युत्‌को आन्तरिक खपत बढाउने र घरायसी कामका लागि समय बचत हुने उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्