२३ असार २०८३, मंगलबार

नक्कली जग्गा धनी मुद्दामा विशेषको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

भदौ २१, २०८१
काठमाडौं
नक्कली जग्गा धनी मुद्दामा विशेषको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

गैर नेपाली नागरिकलाई नक्कली जग्गा धनी खडा गरी बिक्री गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ दिइएका प्रतिवादीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।​​

प्रतिवादीहरू ईश्वरप्रकाश कलवार, नेत्रबहादुर चौधरीसमेतलाई विशेष अदालतले २०८० पुष ५ गते सफाइ दिएको थियो ।

५ करोड ५ लाख ४२ हजार रुपैयाँ बिगो कायम गरी दायर भएको उक्त मुद्दामा विशेषले सफाइ दिएपछि अख्तियारले शुक्रबार सर्वोच्चमा पुनरावेदन गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्