
काठमाडौं महानगरपालिकाका मेयर (प्रमुख) बालेन्द्र शाहको फेसबूक पोस्ट रिकभर भएको छ । फेसबूकले हटाएको पोस्ट शुक्रवार उसैले पुनः रिकभर गरिदिएको हो ।
फेसबूकले बालेनसँग माफी माग्दै स्टाटस रिकभर गरिदिएको उनको सचिवालयले लोकान्तरलाई जानकारी दियो । बालेनले पनि आफ्नो रिकभर भएको स्टाटसमा कमेन्ट गरेर यसको पुष्टि गरेका छन् ।
बालेनले नेकपा (एमाले)की प्रदेश सांसद रेखा शर्मामाथि बाल श्रम दुरुपयोगको आरोप लगाउँदै भदौ १६ गते एक स्टाटस लेखेका थिए । त्यसमा उनले शर्मालाई पक्राउ गरेर अनुसन्धान गर्न माग गरेका छन् । साथै उनले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि कटाक्ष गरेका थिए ।
शर्माको तस्वीरसहित उनले गरेको पोस्ट दुई दिनपछि डिलिट भएको थियो ।
शुक्रवार पाँच दिनपछि बालेनको उक्त फेसबूक पोस्ट पुनः देखिएको छ । बालेनले उक्त पोस्टमा कमेन्ट गर्दै ‘हामीले रिभ्यू रिक्वेस्ट गरेपछि फेसबूकले माफी मागेर पोस्ट फिर्ता गरेको छ’ उल्लेख गरेका छन् ।
यही हो रिकभर भएको पोस्टः