२७ असार २०८३, शनिबार

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

भदौ २२, २०८१
काठमाडौं
पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

हाल बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । 

आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थान र बाँकी भू-भागका थोरै स्थानमा मेघ हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

राति बागमती र कर्णालीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। 

मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्