२४ असार २०८३, बुधबार

गृहसचिव दुवाडीद्वारा पद बहाली

भदौ २२, २०८१
काठमाडौं
गृहसचिव दुवाडीद्वारा पद बहाली

गृहसचिव गोकर्णमणि दुवाडीले गृहमन्त्रालयमा पदबहाली गरेका छन् । 

उनी यसअघि राष्ट्रिय तथ्याङ्क कार्यालयमा सचिव थिए । यसअघिका सचिव एकनारायण अर्याल मुख्यसचिव बनेपछि गृहसचिव खाली थियो । 

दुवाडीले यसअघि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवका रुपमा पनि काम गरिसकेका छन्।  पदबहालीपछि उनलेे शान्तिसुरक्षालाई प्रभावकारी बनाउन तथा सेवा प्रवाहलाई चुस्त पार्न निर्देशन दिए ।       

यनलाई गृहमन्त्रालयका कर्मचारीसहित नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, विप्द प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेललगायत मातहतका निकायका अधिकारीहरुले मन्त्रालमा स्वागत गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्