
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रै विभिन्न मन्त्रालय तथा निकायमा झन्डै डेढ सय कर्मचारी दरबन्दीबाहेकमा बेकामे भएर बसिरहेको पाइएको छ। सरकारले उनीहरूलाई दरबन्दी भएकै निकायमा पठाउन नसक्दा समस्या देखिएको छ। अन्यत्र सरुवा भएका ती कर्मचारीले रमाना नलिई अटेर गर्दै मन्त्रालय तथा विभिन्न निकायमा हाजिर गर्ने र त्यसै घर फर्कने गरिरहेका छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सिंहदरबारभित्र रहेका २० वटा मन्त्रालयमध्ये अधिकांश मन्त्रालयमा ५–६ जना उपचिव र ६–७ जना शाखा अधिकृतहरूलाई दरबन्दीबाहेकमा राखिएको छ । ती कर्मचारीहरूले मन्त्रालयमा कुनै जिम्मेवारी नलिने र हाजिर गर्दै फर्कने गरेका हुन्, नेपाल समाचारपत्रमा खबर छ ।