२१ जेठ २०८३, बिहीबार

१५ लाख रुपैयाँमा बन्यो बीपी कोइरालाको पूर्ण कदको शालिक

भदौ २५, २०८१
काभ्रेपलाञ्चोक
१५ लाख रुपैयाँमा बन्यो बीपी कोइरालाको पूर्ण कदको शालिक

नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री बीपी कोइरालाको पूर्ण कदको शालिक निर्माण भएको छ ।

बीपी राजमार्गको प्रस्थान विन्दुका रूपमा रहेको धुलिखेल नगरपालिका–६ स्थित जरणडाँडामा नेता कोइरालाको शालिक निर्माण भएको हो । 

प्रतिमा निर्माण मूल समितिका संयोजक नेपाली कांग्रेसका जिल्ला सदस्य जितकृष्ण श्रेष्ठका अनुसार रु १५ लाखको लागतमा ढलोटको शालिक बनेको हो ।

पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकबाट चन्दा सङ्कलन गरी शालिक निर्माण भएको संयोजक श्रेष्ठले बताए ।

आगामी असोज ५ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शालिक अनावरण गर्ने कार्यक्रम निर्धारण भएको नेपाली कांग्रेस काभ्रेपलाञ्चोक शाखाले जनाएको छ ।

बनेपा–सिन्धुली–बर्दिबास एक सय ६० किलोमिटर सडक पनि नेता कोइरालाका नाममा राखिएको छ ।

यो बाटोलाई बीपी राजमार्ग भनिन्छ । जापान सरकारको अनुदानमा बीपी राजमार्ग निर्माण भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्