२३ जेठ २०८३, शनिबार

पूर्वमुख्यमन्त्री कार्कीले शुरू गरे निषेधित क्षेत्रमै अनशन

भदौ २५, २०८१
विराटनगर
पूर्वमुख्यमन्त्री कार्कीले शुरू गरे निषेधित क्षेत्रमै अनशन

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अनशन शुरू गरेका छन् । उनले विराटनगरको निषेधित क्षेत्रमै मंगलवार अपरान्ह अनशन शुरू गरेका हुन् ।

उनी प्रदेशसभा सचिवालय छेउमै अनशन बसेका छन् । उनको अनशनमा पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री शमशेर राईले समेत साथ दिएका छन् ।

null

यसअघि पूर्वमुख्यमन्त्री कार्कीले आमरण अनशन बस्ने भनेको क्षेत्रमा जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेको थियो ।

आफ्नो कार्यकालमा शुरू गरेका केही कार्यक्रमको निरन्तरताको माग गर्दै कार्कीले अनशन बस्ने घोषणा गरेका हुन् ।

तर जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षामा सम्भावित असर पर्न सक्ने भन्दै विराटनगरका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार मंगलवार दिउँसो ३ बजेदेखि अर्को सूचना नआएसम्म निषेधाज्ञा लागू गरिएको हो ।

तर कार्कीसहितको टोली निषेधित क्षेत्रमा अनशन बस्दा प्रहरीले कुनै हस्पक्षेप गरेको छैन । 

कार्की सत्तारुढ दल नेपाली कांग्रेसका नेता हुन् ।


 

salt training

कमेन्ट गर्नुहोस्