०४ साउन २०८३, सोमबार

भियतनाममा चक्रवातः ६५ जनाको मृत्यु, ३९ बेपत्ता

भदौ २५, २०८१
काठमाडौं
भियतनाममा चक्रवातः ६५ जनाको मृत्यु, ३९ बेपत्ता

हनाेई– भियतनामको उत्तरी क्षेत्रमा सुपर टाइफुन यागी नामक चक्रवातका कारण ६५ जनाको मृत्यु भएको छ । साथै ३९ जना बेपत्ता भएको त्यहाँको कृषि तथा ग्रामीण विकास मन्त्रालयले जनाएको छ । 

चक्रवातसँगै आएको बाढी र पहिरोमा परी ७५२ जना घाइते भएको जनाइएको छ ।
 
मङ्गलवार लाओ काई र येन बाई प्रान्तको थाओ नदीको जलस्तरले सन् १९६८ र २००८ को ऐतिहासिक रेकर्डलाई पार गरेको स्थानीय समाचारमाध्यमले जनाएको छ ।

राजधानी हनोईले बुई र काउ नदीमा पानीको स्तर बढ्दो क्रममा रहेकाले उच्चतम चेतावनी जारी गरेको छ ।  

हनोईको ‘रेड रिभर’को बढ्दो जलस्तरले सोमवारदेखि शहरका विभिन्न क्षेत्रहरूमा बाढी आएको भियतनाम समाचार समितिले जनाएको छ ।

भियतनामी प्रधानमन्त्री फाम मिन्ह चिनले टाइफुनबाट प्रभावित पाँच प्रान्तलाई सहयोग गर्न सन् २०२४ को बजेटबाट १०० बिलियन भियतनामी डोङ वा (करिब चार मिलियन अमेरिकी डलर) छुट्याउने निर्णय गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्