०९ साउन २०८३, शनिबार

मर्मतपछि वाइडबडी विमान इटालीबाट फर्कियो, अब लामो गन्तव्यमा उडान भर्ने

भदौ २७, २०८१
काठमाडौं
मर्मतपछि वाइडबडी विमान इटालीबाट फर्कियो, अब लामो गन्तव्यमा उडान भर्ने
फाइल तस्वीर

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी ए–३३० विमान मर्मतपछि आज काठमाडौं आइपुगेको छ ।

गत असार ८ मा विमानको विस्तृत परीक्षण (सी–चेक)का लागि इटाली गएको एन एएलवाई कलसाइनको विमान करिब साढे दुई महिनापछि आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमको ए–३३० (अन्नपूर्ण) विमान आज बिहान ८ बजेर ३६ मिनेटमा काठमाडौं अवतरण गरेको छ । 

मर्मतपछि नेपाल आएसँगै विमानले  जापानलगायत लामो दूरीका उडानमार्फत् यात्रुलाई थप सेवा दिने निगमको विश्वास छ।

निगमको अर्को वाइड बडी विमान पनि सी–चेकका लागि इटाली गएको छ । निगमले २२ जुन (असार ८)मा इटलीमा मर्मतका लागि पठाएको थियो । 

निगमसँग अन्तर्राष्ट्रिय उडानमा रहेका चार एयर बसमध्ये हाल दुई न्यारोबडी मात्रै उडानमा थिए ।

एक वाइडबडी थपिएपछि अब तीन विमानमार्फत् अन्तर्राष्ट्रिय उडान हुने निगमले उल्लेख  गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्