कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
काठमाडाैं | भदौ २७, २०८१
सरकारले पहिलोपल्ट पोर्चुगलमा दूतावास खोल्ने निर्णय गर्दै पाल्पाका शनिल नेपाल (३४)लाई राजदूत सिफारिश गर्यो, २०८० कात्तिक २३ गते ।
संसदीय सुनुवाइका क्रममा नेपालले पेश गरेको ‘समुद्रदेखि सगरमाथा’ अवधारणालाई प्रतिपक्षी दलका सांसदले समेत खुलेर समर्थन गरेका थिए ।
मंसिर २२ गते सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएपछि राष्ट्रपतिले उनलाई राजदूत नियुक्त गरे । तर, फागुन २० मा राजनीतिक समीकरण फेरबदल भई पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट कांग्रेस बाहिरिएपछि पुराना राजदूत फिर्ता बोलाउने निर्णय भयो ।
नियुक्ति पाएर कार्यक्षेत्रमा जाने समय पर्खिरहेका शनिल त्यो घानमा परे । पोर्चुगल जान नपाई उनी फिर्ता बोलाउने राजदूतको सूचीमा परे । कांग्रेस र एमाले मिलेर नयाँ सरकार गठन गरेपछि नेपाल फेरि सिफारिश भए– स्पेनका लागि नेपाली राजदूतमा ।
भारतका लागि नेपाली राजदूत शंकर शर्मा र शनिल नेपालको पुनः सिफारिश भयो । बिहीबार संसद् सचिवालय सिंहदरबारमा उनको सुनुवाइ थियो ।
सभापति ईश्वरी न्यौपानेले कार्ययोजना पेश गर्न दिएपछि शनिलले समितिमा आफ्नो लिखित योजना पेश गरे– २० मिनेटमा ।
नेपालमा स्पेनका पर्यटकको संख्या उल्लेख्य बढाउनेलगायत उनको लिखित कार्ययोजना छ । ‘समुद्रदेखि सगरमाथा’ तथा ‘टीम युरोप’को अवधारणा यसपटक पनि उनले अगाडि सारे ।
युरोपेली मुलुकमा रहेका राजदूतहरूको संयन्त्र बनाएर नेपालको हितमा काम गर्ने उनले समितिमा पेश गरेको लिखित कार्ययोजनामा उल्लेख छ ।
पर्यटन प्रवर्द्धन गर्ने योजनाअन्तर्गत उनले पेश गरेको अवधारणामा विश्वका चर्चित क्लबहरू रियल म्याड्रिड र बार्सिलोनाजस्ता क्लबमा नेपाली खेलाडीलाई प्रशिक्षणका लागि सम्भावनाको खोजी गर्ने भन्ने समेत छ ।
स्मरणीय छ, पोर्चुगलका लागि राजदूतको सुनुवाइ भएका बेला सांसदले सोधेको एक प्रश्नको जवाफमा उनले जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गर्न प्रसिद्ध फूटबलर ‘क्रिस्टियानो रोनाल्डोलाई नेपाल ल्याउन पहल गर्छु’ भनेका थिए । तर, बाहिर प्रचार कस्तो भयो भने– प्रस्तावित राजदूतले रोनाल्डोलाई ल्याउँछु भन्ने योजना पेश गर्यो । खासमा उनले सांसदले सोधेको प्रश्नमा जवाफ दिएका थिए, रोनाल्डोको प्रसंगमा ।
एक युवा राजदूतको विद्वत् संसदीय सुनुवाइ– रोनाल्डोलाई नेपाल ल्याउनेसम्मको चर्चा
प्रस्तावित राजदूतले यसपटक पनि खेल पर्यटनको कुरा आफ्नो योजनामा पेश गरे ।
‘संसारकै चर्चित रियल म्याड्रिड र बार्सिलोनाजस्ता फूटबल क्लब रहेको देश हो स्पेन । स्पेनका विभिन्न क्लबहरूसँगको सहकार्यमा नेपालको फूटबल विकासका लागि नेपाली खेलाडीहरूलाई प्रशिक्षणका लागि स्पेन लैजाने र त्यहाँका खेलाडीलाई नेपाल ल्याउनेलगायत खेल पर्यटनको सम्भावनाको खोजी गर्ने,’ आफ्नो कार्ययोजना पेश गर्ने क्रममा नेपालले भने ।
प्रस्तावित १७ राजदूतमध्ये शीर्ष ३ मा पर्ने योजना
स्पेनका लागि प्रस्तावित राजदूत नेपालको सुनुवाइका क्रममा प्रश्न सोध्ने प्रायः सांसदले उनले पेश गरेको कार्ययोजनाको प्रशंसा गरे ।
एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले उनको योजना प्रस्तावित राजदूतहरूले पेश गरेको योजनाको पहिलो, दोस्रो या तेस्रो नम्बरभित्र पर्ने भन्दै प्रशंसा गरे ।
‘उमेरले ६० कटेकाभन्दा ४० मुनिका प्रस्तावित राजदूतले पेश गरेको अवधारणा राम्रो छ । १७ जनामध्ये जोश र आकर्षणको हिसाबले पहिलो, दोस्रो र तेस्रोमा पर्ने कार्ययोजना छ । समितिमा उहाँको प्रस्तुति दमदार देखियो,’ बर्तौलाले भने ।
युरोपेली मुलुक माल्टाको समेत गैर आवासीय राजदूत रहने नेपाललाई रास्वपाका डोलप्रसाद अर्यालले मानव तस्करी हुनेतर्फ चनाखो रहनुपर्ने बताए ।
‘नयाँ गन्तव्य खोजिदिने नाममा मानव तस्करी हुने कुरालाई नजिकबाट हेरिदिनुहोला,’ पूर्व श्रममन्त्री समेत रहेका अर्यालले भने । उनले पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्न सुझाव दिए ।
माओवादी केन्द्रका जगप्रसाद शर्माले प्रस्तावित राजदूतको कार्ययोजना कार्यान्वयन भए मुलुकलाई धेरै फाइदा हुने बताए ।
‘समुद्रको देश स्पेन र हिमाली देश नेपालबीच गहिरो र प्रगाढ सम्बन्ध छ भन्ने पुष्टि गर्ने गरी काम गर्नुहोला,’ उनले भने, ‘तपाईंको कार्ययोजना कार्यान्वयन हुँदा देशलाई फाइदा हुने कुरामा शंका छैन ।’
संसदीय समितिमा गरिएका प्रतिबद्धता कार्यान्वयन गर्ने कुरालाई ध्यान दिन उनले आग्रह गरे ।
राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलकी प्रमुख सचेतक रहेकी भगवती न्यौपानेले कोभिड महामारीपछि घटेका पर्यटक भित्र्याउने गरी काम गर्नुपर्ने बताइन् ।
‘तपाईंको कामकै कारण होला सरकारले दोहोर्याएर सिफारिश गरेको । प्रस्तावित राजदूतको कार्ययोजना सही छ । योजनामा सबै विषय समेट्नुभएको छ’ न्यौपानेले भनिन् ।
९ महिनाको अवधिमा दोस्रो सुनुवाइ
नौ महिनाको अवधिमा एउटै व्यक्तिलाई दोस्रोपटक सुनुवाइ गर्ने अवस्था आएकोबारे समितिमा चर्चा भयो । तपाईंलाई कस्तो लागिरहेको छ भनेर सोधिएको प्रश्नको जवाफमा नेपालले कूटनीतिक जवाफ फर्काए– ‘देशको राजनीतिक परिस्थितिबारे माननीयज्यूहरू जानकार नै हुनुहुन्छ ।
कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले एउटै व्यक्तिमाथि छोटो समयमा सुनुवाइ गर्ने अवसर दुर्लभ भएको बताए ।
‘पोर्चुगलका लागि राजदूत अनुमोदन भएर नियुक्ति पछिपनि सम्बन्धित देशमा जान नपाई फिर्ता हुनुपरेको थियो’, कार्कीले भने, ‘एउटै व्यक्तिलाई ९ महिनाको अवधिमा दोस्रोपटक सुनुवाइ गर्न पाउनु सुखद् संयोग भयो ।’
रास्वपाका डीपी अर्यालले त ‘छैँटीमा लेखेर ल्याएको कुरा कसले रोक्न सक्छ ?’ भन्दै टिप्पणी गरेका थिए । कांग्रेसका आनन्द ढुंगानाले दूतावासमा पर्यटकका लागि छुट्टै टेबलको व्यवस्था गर्नुपर्ने बताए ।
सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रस्तावित राजदूत नेपालले आफूले संसदीय समितिमा पेश गरेको योजना कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।
‘नेपालमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउन पर्यटन बोर्डसँगको समन्वयमा काम गर्छु,’ उनले भने, ‘माननीयज्यूहरूले चासो व्यक्त गरे जस्तै मानव तस्करी रोक्नका लागि पनि पहल गर्छु ।’
आर्थिक कूटनीति प्रवर्द्धनमार्फत नेपालबाट निर्यात विस्तारका लागि आफूले पहल गर्ने उनले बताए । ‘आफ्नो ज्ञान, विवेक र क्षमताले भ्याएसम्म देशका लागि राजदूतले गर्नुपर्ने सम्पूर्ण काम गर्नेछु,’ उनले भने ।
पोर्चुगलका लागि पहिलो राजदूत नियुक्त भएका नेपालले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्य र समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
संसदीय सुनुवाइबाट अनुमोदनपछि सम्बन्धित देशले अग्रिमो पठाएलगत्तै उनी राष्ट्रपतिबाट राजदूतमा नियुक्त हुनेछन् । प्रस्तावित १७ जनामध्ये उनी कान्छो राजदूत हुनेछन् ।
बिहीबार नै बेलायतका लागि प्रस्तावित चन्द्र घिमिरे र अमेरिकाका लागि प्रस्तावित लोकदर्शन रेग्मीको पनि सुनुवाइ सम्पन्न भएको छ ।
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
यतिबेला हाम्रो घरआँगनमा नवरात्र पर्व चलिरहेको छ । यही असोज १७ गतेबाट शुरू भएको यो पर्व २६ गतेसम्म रहनेछ । यस पर्वमा खासगरी पशुपक्षीको बलि बढी हुने गर्छ । त्यसैले हुनुपर्छ, केही दिनयता मुहारपुस्तिकाका भित्ताहरू...
सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...
संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...