×

EXCLUSIVE VIDEO STORY

राजधानीको घाँटीकै एक अवैध प्लटिङको वृत्तान्तः रातिको समयमा चल्छ डोजर, मन्दिर समेत छाडेनन् !

काठमाडाैं | भदौ २७, २०८१

देशभक्तिले भरिपूर्ण एउटा गीत छ– बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस‍् ... । सबैले हिमाल देख्न नपाए पनि सामुन्नेमै हरिया पहाड देख्न पाउने आमनेपालीको सौभाग्य हो ।

Laxmi Bank

तर, बनेपा नगरपालिका वडा नम्बर १४ साँगाका स्थानीयलाई अहिले हरियो पहाड देख्ने सौभाग्य पनि प्राप्त छैन । बरु प्रकृतिलाई चिथोरेर रातै बनाएको ‘प्लटिङको पहाड’ देख्न विवश छन् ।


Advertisment

बर्खायाममा कतिबेला डाँडै बगेर तल थुप्रिने हो पत्तो छैन । आसपासका डाँडा र समथर जग्गा सबैतिर प्लटिङ गरिएपछि जमिन बग्न थालेको छ । पुरेको ठाउँमा भासिने समस्या निम्तिएको छ ।


Advertisment

साँगाका स्थानीयलाई पिरोलिरहेको अत्यासलाग्दो प्लटिङ हो, स्थानीय दामोदर अधिकारी नेतृत्वको समूहको ।

अधिकारी पेशेवर जग्गा कारोबारी हुन् । उनले धुलिखेललगायत ठाउँमा जग्गा किनबेच गर्छन् । लोकान्तरलाई प्राप्त विवरणअनुसार कित्ता नम्बर ४४१ का धनी दामोदरले पूरै पहाडमा डोजर चलाएका छन् । 

null

दामोदर अधिकारीले वैशाखदेखि त्यहाँ डोजर चलाउन थालेका थिए । तर, उनले उक्त जग्गा अवैध तरिकाले प्लटिङ गरेको पाइएको छ, त्यो पनि बनेपा नगरपालिकाको नगरप्रमुखस्तरीय निर्णय गराएर । 

खारिएको पूरै डाँडा दामोदर अधिकारीको नाममा मात्र छैन । यहाँ सरकारीदेखि गुठीको जग्गा समेत परेका छन् । त्यति मात्रै होइन, डोजर चलाएर ऐतिहासिक फुल्चोकी मन्दिर समेत भत्काइएको खुलेको छ । 

करिब ५ रोपनी जग्गा सम्याउने अनुमति लिएर उनले पूरै डाँडामा डोजर चलाएका छन् । एक दशक अघिदेखि नै डोजर चलाएर उनीहरूले माटो बेच्न थालेका थिए । त्यतिबेला सार्वजनिक जग्गासमेत अतिक्रमण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

उजुरी परेपछि अख्तियारले अनुसन्धान अधिकृत तोकेर अनुसन्धान थाल्यो । अनुसन्धानका क्रममा अख्तियारले २०७२ सालमै जग्गा रोक्का गरिदियो ।

त्यसपछि त्यहाँका गुठियारसहित केही व्यक्तिले जग्गा खार्न पाउनुपर्ने मागसहित २०७२ वैशाख ३० गते उच्च अदालत पाटनमा रिट दायर गरे । 

निषेधाज्ञायुक्त परमादेशको मागसहित दायर रिट २०७२ मंसिर २ गते अदालतले खारेज गरिदियो ।

null

फैसलापछि डाँडा खन्ने र सरकारी जग्गा अतिक्रमण गर्ने काम केही कम भएको थियो । तर, विषय सेलाउँदै गएपछि अतिक्रमणले पुनः निरन्तरता पायो ।

यो समूह यतिमै रोकिएन । ०८१ वैशाखदेखि दामोदर अधिकारीको नेतृत्वमा थप संगठित भएर पुनः अतिक्रमणमा लाग्यो । उनीहरूले सरकारी जग्गा अतिक्रमण गर्ने, निजी जग्गामा पनि अनुमतिबेगर जथाभावी डोजर चलाउने काम गर्न थाले ।

व्यक्ति विशेषको फाइदाका लागि जग्गा सम्याउने नाममा उनीहरूले सार्वजनिक जग्गामा रुख काट्ने, जंगल फडानी गर्ने, आगो लगाउने काम समेत गरेको स्थानीयको गुनासो छ ।

अचम्मको कुरा त के भने यो अतिक्रमण रोक्न बनेपा नगरपालिकाले कुनै कदम चालेन । उल्टै सहजीकरण गर्ने हिसाबले गैरकानूनी अनुमति दियो । यो सबै गडबडी थाहा हुँदाहुँदै नगरप्रमुख शान्तिरत्न शाक्यले अनुमति दिने काम गरेको स्थानीय बताउँछन् ।

अर्को महत्त्वपूर्ण कुरा ५ रोपनी जग्गा सम्याउन दिएको अनुमतिले पहाडै खारेको देख्दा पनि नगरप्रमुख, वडा अध्यक्षलयागत जनप्रतिनिधि आँखा चिम्लिएर अनि कानमा तेल हालेर बसेका छन् ।

बनेपा– १४ को वडा कार्यालयमा गत माघमा जग्गा सम्याउन पाऊँ भनेर दामोदर अधिकारीको निवेदन परेको थियो । दामोदरले जग्गामा डोजर चलाउन मागेको अनुमतिलाई १४ नम्बरका वडाध्यक्ष टुल्कु लामाले स्वीकृतिका लागि नगरपालिकामा सिफारिश गरेका थिए ।

वडाले ०८० चैत २१ गते दामोदरको निवेदनलाई स्वीकृतिका लागि बनेपा नगरपालिकामा सिफरिश गरेको थियो ।

नगर प्रमुख शाक्यले भोलिपल्टै अर्थात् चैत २२ गते डोजर चलाउन अनुमति दिए । उनले कार्यपालिका बैठक नराखी एकलौटी ढंगले सुटुक्क अनुमति दिएका थिए । 

नगरप्रमुख शाक्यले डोजर चलाउन भनेर दिएको अनुमति गलत देखिन्छ । 

null

स्वीकृति दिनुअघि निवेदन तोकिएको मापदण्डमा पर्छ कि पर्दैन, वातावरणीय प्रभाव मूल्यांकन भएको छ कि छैन, सर्भे भएको छ कि छैन, लयागतका विषयमा गहन छलफल हुनुपर्ने हो ।

कानूनतः यस्तो विषय नगर कार्यपालिका बैठकबाटै पारित हुनुपर्छ । तर, नगरप्रमुख शाक्यले विवादित विषयमा एकलौटी निर्णय गरेर स्वीकृति दिएको पाइएको छ । 

नगपालिकामा दामोदरको निवेदन आएपछि यसबारे उपप्रमुखलयागतले विरोध समेत गरेका रहेछन् ।

यस विषयले नगरपालिकाभित्र हंगमा नै मच्चिएको जनप्रतिनिधिहरूको भनाइ छ । तर, यसबारे बुझ्न उपप्रमुख विमला सापकोटालाई सम्पर्क गर्दा उनी नगर प्रमुखको विषय भएको भन्दै पन्छिन खोजिन् ।

प्लटिङ गरिएको जमिनभन्दा तल वाल लगाइए पनि भत्किएको छ । उक्त जग्गासँगैको खेतमा लेते लागेको देख्न सकिन्छ । त्यसलाई छेक्नका लागि माटो भरिएका थुप्रै बोरा राखिएपनि बग्ने क्रम रोकिएको छैन ।

प्लटिङ गरेको जग्गामुनि सानो खोल्सा छ । प्लटिङबाट लेते लागेर सँगैको खेत हुँदै खोल्सासम्मै आइपुगेको छ । पूरै पाखोमा डोजर चलाएका कारण मुनिको खेत र आसपासका बस्ती समेत जोखिममा परेका छन् । वैशाखदेखि डाडाँमा गरिएको प्लटिङले विपत्तिलाई निम्तो दिइरहेको भान हुन्छ ।

त्यति मात्रै होइन, यो विवादित प्लटिङले सार्वजनिक जग्गा तथा वन क्षेत्र समेत मिचेको भन्दै डिभिजन वन कार्यालय काभ्रेमा उजुरी परेको खुलेको छ । डिभिजन वन कार्यालयका प्रमुख कृष्णबहादुर थापाले उक्त उजुरीउपर सब–डिभिजन वन कार्यालयबाट अनुसन्धान भइरहेको बताए ।

उक्त प्लटिङको बीच भागमा ५११ नम्बर कित्ताको १२२ रोपनी ७ आना र ४९८ नम्बर कित्ताको ९ रोपनी ८ आना सरकारी जग्गा समेत रहेको उजुरीमा उल्लेख छ ।

त्यस्तै, कित्ता नम्बर ४३९, ४४१ र ४८६, ४७४, ३२१ को हिटीचोक सदावर्तन गुठीको जग्गाका मोहीहरूले अनुमति नै नलिई दामोदर अधिकारीको नेतृत्वमा डोजर चलाएका छन् । 

यसमा एउटा समूह नै संलग्न रहेको स्थानीय बताउँछन् । रिपोर्टिङको क्रममा सम्पर्कमा आएका उक्त समूहका एक सदस्यले आफूहरूले गलत काम नगरेको दाबी गरे । देशैभर यस्तो काम भइरहेको उनको जिकिर छ ।

त्यसो त अनुमति नलिई संगठितरूपमा जथाभावी डोजर चलाएर २०७१ सालमै प्लटिङ थालेपछि स्थानीयले चर्को विरोध गरेका थिए । परिचय नखुलाउने शर्तमा लोकान्तरको सम्पर्कमा आएका एक स्थानीयले रातिको समयमा डोजर चल्ने गरेको बताए ।

सयौंको संख्यामा गाउँमा छिर्ने व्यक्तिहरूले ‘लास नै गायब पारिदिन्छौं’ भनेर धम्की समेत दिने गरेको स्थानीयको गुनासो छ ।

व्यक्ति विशेषको फाइदाका लागि सार्वजनिक सम्पत्ति दोहन गर्ने र कृषियोग्य भूमि निरन्तर अतिक्रमणमा पर्ने अवस्था आएपछि सरकारले २०७४ साल साउन २६ गते जग्गा कित्ताकाटमा रोक लगाएको थियो । 

घरजग्गा कारोबारलाई आवासीय रूपमा नलिई दलालहरूले व्यावसायिक हिसाबले कारोबार गरेकाले यसलाई रोक्न भूमिसुधार तथा व्यवस्था मन्त्रालयले प्लटिङ र अनियमित कित्ताकाट रोक्ने नयाँ नीति ल्याएको हो । तर, केही दिनअघि मात्रै सरकारले आगामी असारसम्मका लागि कित्ताकाट खुला गरेको छ । 

हेरौँ भिडियो सामग्रीः 
 

भदौ २२, २०८०

गोठाटारमा रहेको कृष्ण मन्दिर भारतको गुजराको नवतमपुरी धाम शैलीमा निर्माण भएको मन्दिर हो ।   नवतनधामका नामले परिचित यो मन्दिरमा प्रणामी धर्म मन्ने भक्तजनको भीड लाग्ने गर्दछ ।  श्रीकृष्ण जन्माष्टमीका...

माघ ७, २०७८

कोरोनाभाइरस (कोभिड- १९) को तेस्रो भेरियन्ट नेपालमा निकै तीव्र गतिमा फैलिएको छ । सरकारले भीडभाड गर्न रोक लगाएको छ भने यातायात पनि जोरबिजोरका आधारमा मात्र सञ्चालन गर्न निर्देशन दिइसकेको छ ।  पछिल्ल...

भदौ २६, २०८०

ललितपुरको उत्तर–पश्चिम क्षेत्रमा पर्ने छम्पी क्षेत्र यतिबेला निकै हरियाली, शान्त र मनमोहक देखिन्छ । काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन पाउन मुस्किल भइरहेको बेला छम्पी क्षेत्रका स्थानीयले भने नगदेब...

भदौ १७, २०८०

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ ।  सरकारी मर्यादाक्रममा मुख्यसचिव ...

असोज १२, २०८०

खोला किनारमा निर्माण भएका सडकले काठमाडौं उपत्यकाको सवारी आवागमनलाई केही हदसम्म भए पनि सहज बनाएको छ । काठमाडौंको बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, नख्खु खोला, टुकुचा, हनुमन्ते, रुद्रमतीलगायत...

मंसिर ७, २०८०

'राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ' अभियानका नाममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेको प्रदर्शनका क्रममा बल्खुमा तनाव उत्पन्न भयो । दुर्गा प्रसाईं, राप्रपा सांसद ज्ञानबहादुर शाहील...

निर्दोष पशुपक्षीको सम्मानमा

निर्दोष पशुपक्षीको सम्मानमा

असोज २१, २०८१

यतिबेला हाम्रो घरआँगनमा नवरात्र पर्व चलिरहेको छ । यही असोज १७ गतेबाट शुरू भएको यो पर्व २६ गतेसम्म रहनेछ । यस पर्वमा खासगरी पशुपक्षीको बलि बढी हुने गर्छ । त्यसैले हुनुपर्छ, केही दिनयता मुहारपुस्तिकाका भित्ताहरू...

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

असोज २०, २०८१

सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री  बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...

धर्म छाडा प्राणी

धर्म छाडा प्राणी

असोज १९, २०८१

संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...

x