संसदीय सुनुवाइ समितिले संयुक्तराज्य अमेरिका, संयुक्त अधिराज्य, स्पेन र श्रीलङ्काका लागि प्रस्तावित नेपाली राजदूतको सुनुवाइ गरेको छ ।
समितिले प्रस्तावित राजदूत क्रमशः लोकदर्शन रेग्मी, चन्द्रकुमार घिमिरे, सनिल नेपाल र रामकृष्ण भट्टराईको संसदीय सुनुवाइ गरेको हो । गत साउन १४ गतेको मन्त्रिपरिषद्ले विभिन्न मुलुकका लागि १७ जना राजदूत सिफारिस गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो । उनीहरु सबैको संसदीय सुनुवाइ सकिएको छ ।
बैठकमा प्रस्तावित राजदूतले आआफ्नो शैक्षिक योग्यता, क्षमता, अनुभव, रुची, सोच र अवधारणा प्रस्तुत गर्दै नेपाल र जिम्मेवारीका लागि प्रस्ताव गरिएका मुलुकबीचको सम्बन्ध, उच्चस्तरीय भ्रमण, लगानी, व्यापार, पर्यटन, आर्थिक कूटनीतिक, सहयोग तथा निर्यातका सम्भावित क्षेत्रबारे समितिलाई जानकारी गराएका छन् ।
समितिले संसदीय सुनुवाइ गरेका प्रस्तावित राजदूतको नाम अनुमोदन गर्ने वा केगर्ने भन्नेबारे यही भदौ ३० गते बस्ने बैठकबाट आवश्यक निर्णय लिने छ ।