
सरकारले लगानी बोर्डको सीईओमा सुशील ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
बोर्डको सीईओ पदका लागि आवेदन दिएकामध्ये ज्ञवालीसहित भीष्मराज ढुंगाना, रघुराज काफ्ले, विष्णुप्रसाद भट्टराई र रामदेव यादवको नाम सर्ट लिस्टमा परेको थियो। जसमध्येबाट ज्ञवालीलाई सरकारले नियुक्त गरेको हो ।
यसअघि उनी पुनः निर्माण प्राधिकरणका सीईओ बनेका थिए ।