
सरकारले राजधानीको सुन्धारास्थित धरहरा ३ असोजदेखि सञ्चालनमा ल्याउने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संविधान दिवसको अवसर पारेर धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
उनका अनुसार धरहरा सञ्चालनको जिम्मेवारी संघीय सरकारको शहरी विकास मन्त्रालयलाई दिइएको छ ।