
बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा एक पुरुष छन् ।
मध्यपहाडी लोकमार्गअन्तर्गत गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा शुक्रबार बिहान रा १ झ २०० नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका र ज्यान गुमाएकाको परिचय खुल्न सकेको छैन ।
प्रहरी घटनास्थलमा पुगेर उद्धारमा जुटेको उनले बताए । घाइतेलाई उद्धार गरी बागलुङ अस्पताल पठाइएको छ ।