
सिन्धुपाल्चोकको भोटेकोशी नदीमा गाडी खसेको आशंकापछि प्रहरीले खोजी कार्य शुरू गरेको छ ।
शुक्रबार दिउँसो बाह्रबिसे नगरपालिका–६ बरन्डा टोलस्थित सडकबाट गाडी भोटेकोशी नदीमा खसेको आशंका गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी निरञ्जन भट्टराईका अनुसार बोलेरो गाडी खसेको आशंका छ ।
स्थानीयले दुई वटा टायर देखेको भनेर खबर गरेपछि प्रहरी घटनास्थलमा खटिएको उनले जानकारी दिए ।
भारी वर्षाका कारण भोटेकोशीको बहाव बढेको छ ।
गाडी खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा खटिएको भट्टराईले जानकारी दिए ।
क्रेनको सहयोगमा गाडीको खोजी कार्य भइरहेको छ ।