२३ असार २०८३, मंगलबार

बुटवल-नारायणगढ सडकमा यात्रा गर्न प्रधानमन्त्रीलाई विश्वप्रकाशको आग्रह

भदौ २८, २०८१
बुटवल
बुटवल-नारायणगढ सडकमा यात्रा गर्न प्रधानमन्त्रीलाई विश्वप्रकाशको आग्रह

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बुटवल-नारायणगढ सडकमा यात्रुले दिनहुँ कष्ट भोग्नुपरेको बताएका छन् ।

आफूलाई यो सडकमा यात्रा गर्न लामो समय लागेको भन्दै उनले यात्रुले दिनहुँ कष्ट भोग्नुपरेको बताएका हुन् ।

बीपी जयन्तीको अवसरमा नेपाली कांग्रेस क्षेत्रीय समिति रुपन्देही १ ले गरेको अन्तरविद्यालय वक्‍तृत्व कला कार्यक्रममा शर्माले प्रधानमन्त्रीलाई उक्त सडकको यात्रा गर्न आग्रह गरे ।

‘देशको प्रधानमन्त्रीले नारायणगढदेखि बुटवलसम्म मोटरमा चढेर एक पटक मात्र हिँड्नुभयो भने यो बाटो छिटो कसरी बनाउने भन्ने कुरा चेतना आउँछ,’ उनले भने, ‘७ वर्ष भयो ठेक्का लागेको । कति धुलो खानुपरेको छ । सडक छिटो सक्ने सरकारले तदारुकता राखोस् । बजेटको सम्बन्धमा सरकारले कन्जुस्याइँ नगरेर लगानी गरोस् । दिउँसो पनि नबनाएको बाटो मध्यरातमा पनि बनाइरहेको देख्न पाइयोस् ।

महामन्त्री शर्माले देश बन्दैन भनेर निराशा नहुन विद्यार्थीहरूलाई आग्रह गरे । 

salt training

कमेन्ट गर्नुहोस्