२९ असार २०८३, सोमबार

प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक शुरू

भदौ २८, २०८१
काठमाडौं
प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक शुरू

संवैधानिक परिषद्को बैठक शुरू भएको छ ।​

प्रधानन्यायाधीशको नियुक्ति सिफारिस गर्नको लागि सिंहदरबारमा परिषद्को बैठक शुरू भएको हो । 

सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ आगामी असोज १८ गतेदेखि ६५ वर्षे उमेरहदका अवकाशमा जाने भएकोले नयाँ प्रधानन्यायाधीश सिफारिस गर्ने बैठक शुरू भएको हो । 

न्यायपरिषद्को बैठकले वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउत, सपना प्रधान मल्लसहित ८ न्यायाधीशको संवैधानिक परिषद्‌मा पठाइसकेको छ ।

एक महिना अगाडि नै नियुक्तिका लागि नाम सिफारिस गर्नुपर्ने भए पनि ढिलो गरी परिषद्को बैठक बसेको हो ।

प्रधानमन्त्रीको अध्यक्षता रहने संवैधानिक परिषद्‌मा सभामुख, प्रधानन्यायाधीश, राष्ट्रियसभा अध्यक्ष, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ ।

salt training

कमेन्ट गर्नुहोस्