०९ असार २०८३, मंगलबार
दुर्घटना अपडेट

भोटेकोशीमा खसेको गाडी निकालियो, चालकसहित यात्रुको अवस्था अज्ञात

भदौ २८, २०८१
काठमाडौं
भोटेकोशीमा खसेको गाडी निकालियो, चालकसहित यात्रुको अवस्था अज्ञात

सिन्धुपाल्चोकको भोटेकोशी नदीमा खसेको गाडी सुरक्षा टोलीले निकालेको छ । बा २० च २१८५ नम्बरको बोलेरो गाडी शुक्रवार साँझ नदीबाट निकालिएको हो ।

बाह्रबीसे नगरपालिका–६ स्थित भोटेकोशी नदीमा शुक्रवार दिउँसाे गाडी खसेको थियो । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले क्रेनको सहायताले उक्त बोलेरो नदीबाट बाहिर निकालेको सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले लोकान्तरलाई जानकारी दिए । 

उक्त बोलेरो कहाँबाट कता गएको, कसले चलाएको, गाडीको को–को सवार थिए भन्ने विषय खुल्न बाँकी रहेको उनले बताए । ‘गाडीको कागजपत्र भेटिए पनि चालकलगायत यात्रुको अवस्था अज्ञात छ । खोजी कार्य जारी छ,’ उनले भने, ‘निजी गाडी भएकाले धेरै यात्रु थिएनन् कि भन्ने अनुमान छ ।’ 

स्थानीयले दुईवटा टायर देखेको भनेर खबर गरेपछि प्रहरी घटनास्थलमा खटिएको थियो ।

भारी वर्षाका कारण भोटेकोशीको बहाव बढेको छ । यसले गर्दा खोजी कार्यमा समस्या आएको प्रहरीको भनाइ छ ।  


 

salt training

कमेन्ट गर्नुहोस्