२९ असार २०८३, सोमबार

बिर्तामोडमा युवाको छुरा प्रहारबाट युवतीको मृत्यु

भदौ २८, २०८१
विराटनगर
बिर्तामोडमा युवाको छुरा प्रहारबाट युवतीको मृत्यु
प्रतीकात्मक तस्वीर ।

झापाको बिर्तामोडमा एक युवकले छुरा प्रहार गरी एक युवतीको हत्या गरेका छन् ।

बिर्तामोडको महानन्द चौकमा शुक्रवार साँझ एक युवाको छुरा प्रहारबाट मनीषा लोहारको मृत्यु भएको हो ।  

छुरा प्रहार गर्ने युवाको भने परिचय खुलिनसकेको झापा प्रहरी प्रमुख एसपी मिलन केसीले बताए । घटनामा गम्भीर घाइते भएकी लोहारको उपचारका क्रममा मृत्यु भएको हो ।

युवाले उनलाई पक्रिएर लगातार छुरा प्रहार गरेका थिए । स्थानीयले घटनाको प्रतिकार गर्दा ती युवा भागेका थिए । अर्जुनधारा–६ मा स्थानीयले पक्राउ गरी उनलाई प्रहरीको जिम्मा लगाएका थिए । ती युवासमेत घाइते रहेको झापा प्रहरीले जनाएको छ । 

स्थानीयको कुटपिटबाट घाइते भएका युवाको बिर्तामोडको बीएन्डसी अस्पतालमा उपचार भइरहेको एसपी केसीले बताए । बयान लिने काम बाँकी रहेकाले उनको परिचय खुल्न पनि बाँकी रहेको बताइएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्