२४ असार २०८३, बुधबार

विषयगत समितिका सभापतिले लिए शपथ

भदौ २८, २०८१
विराटनगर
विषयगत समितिका सभापतिले लिए शपथ

कोशी प्रदेशसभा, विषयगत समितिका सभापतिहरूले आज सामूहिक पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन) को नियम १३४ बमोजिम पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । 

यहाँ न्याय प्रशासन तथा विधायन समितिमा कमला दर्नाल, सुशासन तथा योजना समितिमा खगेश्वरी पौड्याल, अर्थ समितिमा विनोद राई, सार्वजनिक लेखा समितिमा राजन किराँती, सामाजिक विकास समितिमा गयानन्द मण्डल गनगाँई, उद्योग, पर्यटन तथा वातावरण समितिमा रामदेव यादव र प्राकृतिक स्रोेत तथा पूर्वाधार विकास समितिमा होमबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए । 

त्यस अवसरमा सभामुख विष्टले विषयगत समितिका सभापति निर्विरोध निर्वाचन हुनुले दलका बीचको एकता, सहकार्य एवं सहमतिको असल संस्कारलाई देखाएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्