कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
तनहुँको ऋषिङ गाउँपालिकाका जनप्रतिनिधिले बैठक भत्ताबापत एक महिनाको रकम अक्षयकोष स्थापनामा खर्च गर्ने भएका छन् । गाउँपालिकाभित्रका ११ माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्न उनीहरूले बैठक भत्ताबापतको रकम खर्च गर्न लागेका हुन् ।
अक्षयकोषबाट प्राप्त ब्याजबाट बर्सेनि गरिब, जेहेन्दार, बिपन्न र अशक्त विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि उक्त प्रक्रिया अघि बढाइसकिएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए । उनका अनुसार गाउँपालिकामा कुल ४४ जनप्रतिनिधि छन् ।
जनप्रतिनिधिले एक महिनामा प्राप्त गर्ने सेवासुविधा सहयोग गर्दा अक्षयकोषमा आठ लाख सङ्कलन हुने प्रवक्ता दरैले बताए । जनप्रतिनिधिको बाँकी तीनवर्षे कार्यकालसम्म यसलाई निरन्तरता दिनेगरी योजना अघि बढाइएको हो ।
गाउँपालिकाको १६औँ अधिवेशनमा प्रस्तावित नीति तथा कार्यक्रमबाट उक्त प्रस्ताव पारित गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चिनबहादुर रानाभाटले जानकारी दिए ।
उनका अनुसार जनप्रतिनिधिले पाउने वर्षको एक महिनाको सेवासुविधा बापतको रकम तीन वर्षसम्म निरन्तरत दिँदा रु २४ लाख बराबरको अक्षयकोष स्थापना हुनेछ ।
विद्यालयमा अक्षयकोष स्थापना गर्न कार्यविधि बनाइसकिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । उनका अनुसार साउन महिनाबाट लागू हुने गरी प्रक्रिया अघि बढेको छ ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
भैरहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ को बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आ...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
यतिबेला हाम्रो घरआँगनमा नवरात्र पर्व चलिरहेको छ । यही असोज १७ गतेबाट शुरू भएको यो पर्व २६ गतेसम्म रहनेछ । यस पर्वमा खासगरी पशुपक्षीको बलि बढी हुने गर्छ । त्यसैले हुनुपर्छ, केही दिनयता मुहारपुस्तिकाका भित्ताहरू...
सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...
संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...