०८ असार २०८३, सोमबार

जनप्रतिनिधिसँग पुल र सडक निर्माणको माग गर्दै खजुरावासी

भदौ २९, २०८१
बाँके
जनप्रतिनिधिसँग पुल र सडक निर्माणको माग गर्दै खजुरावासी

बाँकेको खजुरा गाउँपालिकावासीले जनप्रतिनिधिसँग पेडारी खोलाको जीर्ण पुल र सडक निर्माणको माग गरेका छन् ।

स्थानीय तथा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेपालगञ्ज–गुलरिया हुलाकी सडक अन्तर्गत बाँकेको खजुराबजार नजिकै रहेको पेडारी खोलाको जीर्ण पुल र सडक निर्माण गर्ने चुनावी योजना बनाएका जनप्रतिनिधिले चुनाव जितेको दुई वर्षसम्म पनि पुल र सडक निर्माणमा चासो नदिएको उनीहरूको गुनासो  छ ।

पुल र सडक निर्माणको लागि ध्यानाकर्षण गराउन खजुराका अगुवा रमेश सिञ्जाली, राजेन्द्र आचार्य र राजकुमार विक लगायतको नेतृत्वमा खजुरावासीले खजुरा गाउँपालिकामार्फत उक्त क्षेत्रका सबै जनप्रतिनिधिलाई शुक्रबार ज्ञापनपत्रसमेत बुझाएका छन् ।

गाउँपालिका अध्यक्ष डम्बर विक र उपाध्यक्ष मञ्जु मल्लमार्फत बाँके क्षेत्र नम्बर ३ का सांसद किशोरसिंह राठोर, आशा विक, प्रदेशसभा सदस्य बादशाह कुर्मी र रत्न खत्रीलाई जीर्ण पुल र सडक निर्माणको लागि ध्यानाकर्षण गराइएको स्थानीय अगुवा रमेश सिञ्जालीले बताए ।​​​

विसं २०७४ मा ठेक्का सम्झौता भएर पटक-पटक म्याद थप हुँदा पनि खजुरा क्षेत्रको एक हजार आठ सय मिटर सडक सम्पन्न नभएको, गरिएको काम पनि अत्यन्त गुणस्तरहीन भएको तथा सोही सडकमा रहेको पेडारी नालाको पुल जीर्ण भएर कुनै पनि बेला खस्न सक्ने अवस्थामा पुग्दासमेत निर्माणका लागि जनप्रतिनिधिले तदारुकता नदेखाएको उनले उल्लेख गरे ।

salt training

कमेन्ट गर्नुहोस्