२८ जेठ २०८३, बिहीबार

नारायणगढ–मुग्लिन सडक: नौ किलोमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन

भदौ ३१, २०८१
काठमाडौं
नारायणगढ–मुग्लिन सडक: नौ किलोमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन
फाइल तस्वीर

नारायणगढ–मुग्लिन सडकअन्तर्गत नौकिलोमा सडक भासिएपछि एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने सडक आइतबार भासिएको थियो ।

सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको छ । 

सडक एक फिटजति दबेका कारण एकतर्फी यातायात सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले बताए । 

सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सडक मर्मत गर्ने तयारी छ । 

salt training

कमेन्ट गर्नुहोस्