०८ असार २०८३, सोमबार

संविधान दिवसमा ‘नेसनल डे कन्सर्ट’ हुने, कुटुम्बलगायत चर्चित ब्यान्डको प्रस्तुति रहने

भदौ ३१, २०८१
काठमाडौं
संविधान दिवसमा ‘नेसनल डे कन्सर्ट’ हुने, कुटुम्बलगायत चर्चित ब्यान्डको प्रस्तुति रहने

संविधान तथा राष्ट्रिय दिवसका अवसरमा आगामी असोज ३ गते काठमाडौंको दरबारमार्गमा नेसनल डे कन्सर्ट आयोजना गरिने भएको छ । नेपालको लोकतान्त्रिक यात्रा, संविधान निर्माणमा भएको ऐतिहासिक बलिदानलाई सम्झँदै राष्ट्रिय एकता तथा सांस्कृतिक विविधतालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ नागरिकस्तरबाट कन्सर्ट आयोजना गर्न लागिएको हो । 

कन्सर्टका बारेमा जानकारी दिन आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि पुस्करले कन्सर्टको आयोजना नेपालको लोकतान्त्रिक यात्रा र संविधान निर्माणको ऐतिहासिक बलिदानलाई सम्झाउने अवसर भएको बताए । 'कन्सर्टले देशभक्तिपूर्ण भावना जगाउनाका साथै हाम्रो सांस्कृतिक सम्पदा र राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्नेछ । नागरिक सहभागिता बढाउँदै, सबैलाई राष्ट्रप्रति गर्व गर्ने अवसर प्रदान गर्न यसले सहयोग गर्नेछ,' सचिव पुस्करले भने ।

त्यस्तै, बृहत् नागरिक आयोजक समितिका संयोजक वृतान्त खनालले पत्रकार सम्मेलनमा कन्सर्टको उद्देश्य देशभक्ति भावना जगाउनु रहेको बताए । 

सम्मेलनमा गायिका कुन्ती मोक्तानले कन्सर्टमा राष्ट्रिय भावनाले ओतप्रोत हुने गीतसङ्गीत प्रस्तुत हुने जानकारी गराइन् । 

कार्यक्रममा कवि विपना अधिकारीले सङ्घर्षबाट प्राप्त संविधान दिवसलाई कला र साहित्यले झल्काउने प्रयास यो कन्सर्टले गर्ने धारणा राखे । 

त्यस्तै, नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले राष्ट्रिय पहिचान र एकतालाई सुदृढ बनाउने उद्देश्यले कन्सर्ट आयोजना गरिएकामा खुसी व्यक्त गर्दै सबको सहभागिताका लागि आह्वान गरे । 

कन्सर्टमा कुटुम्ब, इलिमेन्ट्सलगायत चर्चित ब्यान्डको साङ्गीतिक प्रस्तुति रहनेछ ।

salt training

कमेन्ट गर्नुहोस्