२८ असार २०८३, आइतबार

मादी नदीले बगाएका बालक अझै भेटिएनन्

भदौ ३१, २०८१
तनहुँ
मादी नदीले बगाएका बालक अझै भेटिएनन्

​तनहुँमा मादी नदीले बगाएका एक बालक एक साता हुँदा पनि अझ फेला परेका छैनन् ।

प्रहरीले दिएको जानकारी अनुसार व्यास नगरपालिका–३ देउराली नगर निवासी १५ वर्षीय रोनाल्ड थापा गत सोमबारदेखि बेपत्ता भएका हुन् ।

उनी व्यास नगरपालिका–४ स्थित कन्काई बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ ।

घरबाट विद्यालय जान्छु भनि हिँडेका उनी विद्यालय नगई साथीभाइसँग नदीमा नुहाउन गएका थिए । बालक साँझ अबेरसम्म घर नफर्किएपछि मात्रै परिवारले छोरा हराएको जानकारी पाएका थिए ।

सोमबार दिउँसो १ बजेको समयमा मादी नदीले एक बालक बगाएको भनि प्रहरीमा सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।​

घटना भएको दिनदेखि प्रहरीले आफ्नो क्षेत्रबाट खोजीलाई तीव्रता दिँदै आए पनि फेला पार्न उनले बताए ।

ती बालकसँगै नदीमा नुहाउन गएका अन्य दुई बालकलाई प्रहरीले सोधपुछका नियन्त्रणमा लिएर छाडिसकेको छ । बालकका बुबा श्रीरामले भने छोराको नियोजित हत्या भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्