२७ असार २०८३, शनिबार
प्रतिनिधिसभा बैठक

हामी छिमेकीको अहित चाहँदैनौं, छिमेकीबाट पनि हित चाहन्छौं : प्रधानमन्त्री

भदौ ३१, २०८१
काठमाडौं
हामी छिमेकीको अहित चाहँदैनौं, छिमेकीबाट पनि हित चाहन्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले असल छिमेकीको सम्बन्ध राख्न चाहेको बताएका छन् । 

राष्ट्र संघीय महासभामा भाग लिन जानुअघि प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालले असल छिमेकीको सम्बन्ध राख्न चाहेको र अरूबाट पनि त्यही खोजेको बताएका हुन् ।

‘असल छिमेकीका रूपमा छिमेक सबन्ध राख्न चाहन्छौं । छुद्र र जाली होइन,’ ओलीले भने, ‘छिमेकीको अहित होइन हित चिताउने हिसाबले अघि बढ्न चाहन्छौं । त्यस्तै व्यवहार छिमेकबाट पनि चाहन्छौं ।’

नेपालको कसैसँग शत्रुता नभएको भन्दै उनले मित्रभावले सधैं अगाडि बढ्ने बताए ।

नेपाली लोकतन्त्रको प्रतिवद्धता पनि अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने ओलीले बताए । 

'संयुक्त राष्ट्रको वडापत्र, असंलग्न आन्दोलनका सिद्धान्त, आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नेपालको स्थापित नीति छ । हामी यो कुरा संयुक्त राष्ट्रसंघमा राख्नेछौं,' उनले भने ।

राष्ट्रका समस्या, चुनौती, अभिभारामा केन्द्रित भएर छलफल गरिने ओलीले बताए । ​​

फ्युचर समिटमा मानव जाति र धर्तीको सुरक्षा गर्ने भन्नेमा छलफल हुने ओलीले बताए । बालबालिका, वातावरणलाई कसरी गम्भीरतापूर्वक लिने भनेर राम्ररी नेपालको दृष्टिकोण प्रस्तुत गर्ने उनले बताए । हिमाल र समुद्रको इको सिस्टमबारे प्रस्तुत गर्ने उनको भनाइ छ ।

हिमालको हिउँ पग्लिएर समुद्रको सतह बढेको उनको बुझाइ छ । हिमालले हिउँ नबोकेर वायुमण्डलमा समस्या आएको विषयमा विश्वको ध्यानाकर्षण गराउने ओलीले बताए । ​

क्वाइमेटमा हिमालयको महत्त्व, चासो र प्रभाव के छ भनेर आफूले प्रस्तुत गर्ने ओलीले बताए । 

मौसम परिवर्तनले गरेको असर, नाङ्गिदै गएका हिमाल, दुनियाँले भागेको ड्रगको समस्याका विषय पनि महासभामा उठाउने उनले जानकारी गराए ।

बालबालिकालाई कसरी सुरक्षित गर्ने भनेर पनि आफूले बहस गर्ने उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्