२५ जेठ २०८३, सोमबार
रवि मुछिएको प्रकरण

सहकारी ठगी छानबिन समितिको प्रतिवेदन सरकारलाई पठाइयो, कार्यान्वयनका लागि सभामुखको निर्देशन

भदौ ३१, २०८१
काठमाडौं
सहकारी ठगी छानबिन समितिको प्रतिवेदन सरकारलाई पठाइयो, कार्यान्वयनका लागि सभामुखको निर्देशन

सहकारी ठगी छानबिन संसदीय समितिको प्रतिवेदन कार्यान्वयनका लागि संसद्ले सरकारलाई पठाएको छ । 

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा समितिका सभापति सूर्य थापाले प्रतिवेदन पेश गरेका थिए ।

प्रतिवेदन पेश गर्दै सभापति थापाले समग्र सहकारी समस्या समाधानका लागि समितिले सुझाव दिएको बताए । 

उनले समितिको प्रतिवेदन कार्यान्वयन हुने विश्वास व्यक्त गरे । 

समितिमा प्रतिवेदन पेश भएलगत्तै सभामुख देवराज घिमिरेले ‘आवश्यक कायार्थ नेपाल सरकारलाई पठाउन’ निर्देशन दिएका छन् । समितिले सहकारी ठगीमा संलग्नमाथि कारबाहीको सुझाव दिएको छ । 

तत्कालीन गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको भन्दै नेपाली कांग्रेसले समिति गठनको माग गरेपछि जेठ १५ गते संसदीय छानबिन विशेष समिति गठन भएको थियो । 

समितिले सहकारीमार्फत गोरखा मिडिया नेटवर्कमा आएको रकम खर्चमा लामिछानेको संलग्नताको निष्कर्षसहित कारबाही सिफारिश गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्