२५ जेठ २०८३, सोमबार
संसदीय छानबिनपछिको प्रतिक्रिया

सहकारी ठगीमा ‘क्लिन चीट’ पाएँ भन्ने रविको दाबी हास्यास्पद– कांग्रेस प्रवक्ता महत

भदौ ३१, २०८१
काठमाडौं
सहकारी ठगीमा ‘क्लिन चीट’ पाएँ भन्ने रविको दाबी हास्यास्पद– कांग्रेस प्रवक्ता महत
फाइल तस्वीर

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सहकारी ठगी सम्बन्धमा क्लिन चीट पाएँ भन्ने रास्वपा सभापति रवि लामिछानेको दाबी हास्यास्पद रहेको बताएका छन् ।

गोर्खा मिडिया नेटवर्कको सञ्चालन नै सहकारीको पैसाबाट भएको समितिको प्रतिवेदनले देखाएको अवस्थामा रविले आफूलाई निर्दोष भनेर दाबी गर्नु अनुचित रहेको महतको भनाइ छ ।

समितिले सरकारलाई प्रतिवेदन बुझाइसकेपछि सोमबार संसद् परिसरमा पत्रकारहरूसँग कुरा गर्दै महतले गोर्खा मिडियाको सीईओका रूपमा लामिछाने नै जिम्मेवार हुनुपर्ने बताएका हुन् ।

‘समितिको प्रतिवेदन कार्यार्थ सरकारलाई निर्देशन दिइसकेको अवस्थामा कसरी क्लिन चीट पाउनुभयो, थाहा छैन । समितिको संक्षिप्त प्रतिवेदनमा सहकारीको ८५ करोड रुपैयाँ गोर्खा मिडियामा गएको छ, अन्य कहीँबाट लिएको छैन भनेपछि गोर्खा मिडियाको सीईओ जिम्मेवार हुँदैन ?’ महतले प्रश्न गरे । 

प्रतिवेदनले सहकारीको पैसा गैरकानूनी रूपले गोर्खा मिडियामा आएको र त्यसको परिचालनमा लामिछानेको संलग्नता देखिएको निष्कर्षसहितको प्रतिवेदन पेश गरेको थियो ।

लामिछानेले सहकारी ठगीमा आफूले उन्मुक्ति पाएको दाबी गरेका छन् ।

‘उहाँ स्वयंले म सहकारीको सदस्य होइन भन्नुभएको छ । गोर्खा मिडिया सञ्चालन, उहाँको तलब भत्ता सहकारीको पैसाबाट रहेको छ । जिम्मेवारीको तहमा रहँदा पैसा आएको छ । लिनै नमिल्ने पैसा लिएर सञ्चालन गर्नुभएको छ । अझै दोषी होइनौं भनेर निर्धक्कसँग भन्ने कुरा हास्यास्पद छ,’ महतले भने ।  

salt training

कमेन्ट गर्नुहोस्