२९ जेठ २०८३, शुक्रबार

डडेल्धुरा अस्पताल विकास समितिका तत्कालीन अध्यक्ष सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर

भदौ ३१, २०८१
काठमाडौं
डडेल्धुरा अस्पताल विकास समितिका तत्कालीन अध्यक्ष सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डडेल्धुरा अस्पताल विकास समितिका तत्कालीन अध्यक्ष लक्ष्मण सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रको आरोपमा उनीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्ष पदमा मनोनयन/नियुक्ति हुनका लागि उनले इन्टरमिडियट र स्नातकको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको पुष्टि भएको अभियोगपत्रमा उल्लेख छ ।

सिंहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको मागदाबी आयोगले गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्