०१ साउन २०८३, शुक्रबार

स्कुटर चोरीमा संलग्न एक जना पक्राउ

भदौ ३१, २०८१
काठमाडौं
स्कुटर चोरीमा संलग्न एक जना पक्राउ

काठमाडौँको बाङ्गेमुढाबाट स्कुटर चोरीमा संलग्न एकजनालाई ट्राफिक प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ ।

शंकास्पद अवस्थामा बागमती प्रदेश -०२-०२५ प ८५३६ नम्बरको डियो स्कुटर चलाइरहेका काठमाडौ महानगरपालिका १८ रक्तकालीका २० वर्षीय रोहित शाहीलाई  सोमबार दिउँसो ३ बजे ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

वास्तविक नम्बर प्रदेश -०३-०२-०१५ प ०५३६ रहेको स्कुटर काठमाडौँको ठमेलबाट  हराएको भनि सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ३ बस्ने सत्कार न्यौपानेले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए । 

स्कुटर चोरीमा संलग्न शाहीलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त लैनचौर सोह्रखुट्टे  पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्‍वराज खड्काले जानकारी दिए।
 

salt training

कमेन्ट गर्नुहोस्