२७ जेठ २०८३, बुधबार

६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित

भदौ ३१, २०८१
काठमाडौं
६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित

सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखराद्वारा आज आयोजित सिसं १६ (ख) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा ६७ जना दीक्षित भएका छन् । 

४७ हप्तासम्म सञ्चालित तालिमबाट दीक्षित सशस्त्र प्रहरी सहायक निरीक्षकहरूलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विशेष समारोहका बीच शपथग्रहण गराएका थिए । 

महानिरीक्षक अर्यालले इमान्दारिता, जिम्मेवारिता र कर्तव्यनिष्ठताका साथ तालिममा हासिल गरेको ज्ञानलाई राष्ट्र र जनताको सुरक्षामा लगाउन आग्रह गरे । सशस्त्र प्रहरी बलले शान्ति सुरक्षासँगै सीमा सुरक्षा, विपद् व्यवस्थापन लगायतमा कुशलतापूर्वक आफ्नो जिम्मेवारितालाई निर्वाह गरिरहेको उनले बताए  ।

    आफ्ना कुशल, इमानदार, सीप र क्षमतावान् सन्ततीलाई मुलुकप्रति समर्पण गरेको भन्दै उनले अभिभावकप्रति आभार व्यक्त गरे । सशस्त्र प्रहरी बल प्रतिष्ठानका प्रहरी नायव महानिरीक्षक कमल गिरीले तालिमका सिकाइलाई कर्तव्य परायणता एवं 

salt training

कमेन्ट गर्नुहोस्