
काठमाडौँ । भदौ २८ गते भेटेकोशी नदीमा बोलेरो गाडी खसेपछि बेपत्ता भएका चालकको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले फिक्कल गाउँपालिका– ६ सोखुखोलास्थित सुनकोशी नदीमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ५ बस्ने सानु तामाङको शव फेला परेको जनाएको छ ।
सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेश खुर्कोटको टोलीले शव सोमबार फेला परेको हो । तामाङको शव उनका छोराले सनाखत गरेसँगै पोस्टमार्टमका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।