![इन्द्र जात्रा : हनुमानढोका क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Indrajatra_Police_4_QIn9aIwEfM.jpg)
वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ ।
इन्द्र जात्राको प्रमुख दिन आज हनुमानढोका दरबार क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।
जीवित देवी कुमारी, भैरव र गणेशको रथ तान्ने आज पहिलो दिन देशका प्रमुखहरूको उपस्थिति रहने हुनाले सुरक्षा व्यवस्था कडा पारिएको हो ।
तस्वीरहरू












