२३ असार २०८३, मंगलबार

प्रदेश संरचना हट्दैन, अझै उन्नत हुन्छ : देउवा

असोज १, २०८१
काठमाडौं
प्रदेश संरचना हट्दैन, अझै उन्नत हुन्छ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचना हटाउन नसकिने बताएका छन् ।

पार्टीको कानून विभागले केन्द्रीय कार्यालय सानेपामा गरेको अन्तरक्रिया कार्यक्रममा देउवाले बनिसकेको प्रदेश संरचनालाई अझै प्रभावकारी बनाउनुपर्ने बताएका हुन् ।

‘हामीले प्रदेश संरचना बनाइसकेका छौं । यसैले यो हटाउने स्थिति छैन,’ देउवाले भने, ‘बरु यसलाई कसरी प्रभावकारी बनाउने भनेर सोच्ने र विचार गर्ने हुन सक्छ ।’

देउवाले समानुपातिकको विषयमा कुरा उठे पनि समावेशीताको विषयमा कुनै प्रश्न नभएको बताए । 

देउवाले संविधान संशोधन पनि प्रजातन्त्रको खिलाफमा नभएको बताए ।

‘केपी ओली र हामी विद्यार्थी कालदेखि नै आन्दोलन र जेलनेल भोगेर आएका नेता हौं । उहाँसँग जेलमै भेट भएको हो । हामीले प्रजातन्त्रको खिलाफमा काम गर्दैनौं,’ देउवाले भने, ‘प्रधानमन्त्री भएपछि केपी ओलीले संविधान संशोधन गर्ने कुरा गर्नुभएको छ । यो प्रजातन्त्रको खिलाफमा होइन बरु अझै मजबुत बनाउनका लागि हो ।’

salt training

कमेन्ट गर्नुहोस्