१९ असार २०८३, शुक्रबार

बिरामीको सुरक्षाका लागि आमनागरिकमा चेतना अभिवृद्धि गर्नुपर्छ : मन्त्री पौडेल

असोज १, २०८१
काठमाडौं
बिरामीको सुरक्षाका लागि आमनागरिकमा चेतना अभिवृद्धि गर्नुपर्छ : मन्त्री पौडेल

 स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलेले बिरामीको सुरक्षाका लागि आमनागरिकमा चेतना अभिवृद्धि गर्नुपर्ने बताएका छन् । विश्व बिरामी सुरक्षा दिवसका अवसरमा आज भिडियो सन्देश जारी गर्दै उनले बिरामी सुरक्षाको सुनिश्चिता गर्न विद्यमान नीतिको प्रभावकारी रुपमा कार्यान्वयन गर्ने र बिरामीमा हुनसक्ने हानि न्यूनीकरण गर्न सहयोग गर्ने बताए । 

बिरामी, स्वास्थ्यकर्मी तथा नीति निर्माताबीच पारस्परिक समझदारी र सहकार्यको विकास गर्न जरुरी रहेको बताउँदै मन्त्री पौडेलले बिरामीको रोगका लागि सही निदानात्मक प्रक्रियालाई विशेष जोड दिइएको स्पष्ट पारे । उनले सही र सुरक्षित निदान प्रक्रियामार्फत निदानात्मक त्रुटिलाई न्यूनीकरण गर्न र प्रणालीगत तथा मानवीय क्षमता अभिवृद्धि गर्न बिरामी स्वयं, उनको परिवार, स्वास्थ्यकर्मी तथा स्वास्थ्यलाई नेतृत्व प्रदान गर्न सबैको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गरे । 

मन्त्री पौडेलले नेपालको संविधान, राष्ट्रिय स्वास्थ्य नीति, जनस्वास्थ्य सेवा ऐनलगायत उपभोक्ता संरक्षण ऐनले बिरामी सुरक्षालाई प्राथमिकतामा राखेका सन्दर्भमा हालै मात्र मन्त्रालयबाट स्वीकृत राष्ट्रिय बिरामी सुरक्षा कार्ययोजना २०२४/२०३० ले थप दिशानिर्देश गरेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्