०३ असार २०८३, बुधबार

चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा १३ जनाले दिए आवेदन

असोज १, २०८१
काठमाडौं
चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा १३ जनाले दिए आवेदन

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डिन पदका लागि १३ जनाले आवेदन दिएका छन् । 

डिन पदका प्रा.डा. अभिमन्यु झा, प्रा.डा. मोहनराज शर्मा, प्रा.डा. निरजु रञ्जित, प्रा.डा. रामचन्द्र अधिकारी र प्रा.डा. रमेशसिंह भण्डारी, प्रा.डा. दिनेश काफ्ले, प्रा.डा. उत्तमकृष्ण श्रेष्ठ, प्रा.डा. मिथा राना र सहप्राध्यापक डा. ज्योतिबाबा श्रेष्ठलगायतले आवेदन दिएका छन् ।

चिकित्सा शास्त्र अध्ययन संस्थानको डिन सिफारिसका लागि त्रिवि कार्यकारी परिषद्ले गत साउन ३२ मा प्राध्यापक डा. कृष्णकुमार ओलीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो ।

डा. दिव्या सिंह शाहको चार वर्षे कार्यकाल सकिएसँगै नयाँ नियुक्ति गर्न लागिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्