
लेबनानमा हिज्बुल्लाहका सयौं सदस्यहरू मेसेज पठाउन प्रयोग हुने पेजर विस्फोट हुँदा घाइते भएका छन्। मंगलबार एकसाथ कैयान पेजरहरु विस्फोट भएको समाचारमा जनाइएको छ ।
यस घटनामा कम्तीमा ९ जनाको मृत्यु समेत भएको पुष्टि भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले यस घटनामा हालसम्म २७५० जना घाइते भएको जनाएको छ । तीमध्ये २ सय जनाको अवस्था गम्भीर रहेको पनि मन्त्रालयले जनाएको छ ।
हिजबुल्लाहले इजरायललाई यो घटना घटाउन जिम्मेवार ठहर्याएको छ। एक विज्ञप्ति जारी गर्दै हिजबुल्लाह समूहले उचित सजाय दिने बताएको छ।
हिजबुल्लाहले आफ्नो विज्ञप्तिमा भनेको छ, 'यस आक्रमणको लागि शत्रुलाई अवश्य सजाय दिइनेछ, हामी प्यालेस्टिनी जनताको संघर्षलाई पूर्ण समर्थन जारी राख्नेछौं।'
इजरायलको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।
हिज्बुल्लाहका एक अधिकारीले एसोसिएटेड प्रेसलाई बताएअनुसार पेजरको नयाँ ब्रान्ड पहिले अति तात्यो र त्यसपछि विस्फोट भएको थियो ।