२१ जेठ २०८३, बिहीबार

संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छः देउवा

असोज ३, २०८१
काठमाडौं
संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानले लोकतन्त्र र मानवअधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हकअधिकार सुनिश्चित गरेको बताएका छन् । 

संविधान दिवसका अवसरमा बिहीवार शुभकामना दिँदै उनले कांग्रेसको नेतृत्वमा जननिर्वाचित प्रतिनिधिद्वारा विसं २०७२ असोज ३ गते संविधानसभाबाट पारित भई घोषणा भएको नेपालको संविधान लामो र सङ्घर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि भएको बताए ।

'यो संविधानले लोकतन्त्र र मानवअधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हकअधिकार सुनिश्चित गरेको छ । संविधान जारी भएको यो ऐतिहासिक दिनलाई हामी सबैले गौरवका साथ स्मरण गर्दै हरेक वर्ष संविधान दिवसका रूपमा मनाउँदै आएका छौँ,' सभापति देउवाले शुभकामना सन्देशमा भनेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्