
अमेरिकालाई १–० ले हराउँदै उत्तर कोरिया फिफा यु–२० महिला विश्वकपको फाइनलमा पुगेको छ ।
उत्तर कोरिया चौथो पटक प्रतियोगिताको उपाधि नजिक पुगेको हो ।
फाइनलमा उत्तर कोरियाले जापान र नेदरल्यान्ड्समध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल आज राति हुँदैछ ।
कोलम्बियामा चलिरहेको विश्वकपको पहिलो सेमिफाइनलमा उत्तर कोरियालाई जित दिलाउन चोइ इ सनले गोल गरिन् ।
यसअघि समूह ‘एफ’ मा रहेको उत्तर कोरियाले तीन मध्ये तीनै खेल जित्दै समूह विजेता बनेको थियो ।
२४ टिम सहभागी प्रतियोगितामा कुल ४९ खेल हुनेछन् ।