०९ साउन २०८३, शनिबार

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

असोज ३, २०८१
काठमाडौं
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको लमही नगरपालिका-६ वेलदमारमा रा ८ प २९४० नं. को मोटरसाइकल बिहीबार बिहान ७ बजे दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा घोराही उपमहानगरपालिका-१८ नवलपुर बस्ने २२ वर्षीय श्रवणकुमार पुन र सोही ठाउँका २१ वर्षीय विनोद केसी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका दुवैलाई उपचारका लागि लमही अस्पताल पठाइएको बिहान ९ बजे उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्