२३ असार २०८३, मंगलबार
सर्वोच्चको फैसलाविरुद्ध जनता

खोला किनारमा थप २० मिटर क्षेत्रको मापदण्ड खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन [तस्वीरहरू]

असोज ३, २०८१
काठमाडौं
खोला किनारमा थप २० मिटर क्षेत्रको मापदण्ड खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन [तस्वीरहरू]

काठमाडौं उपत्यकाको खोला किनारामा थप २० मिटर क्षेत्रमा पूर्वाधार निर्माण गर्न नपाइने सर्वोच्च अदालतको फैसलाविरुद्ध स्थानीयले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

null 

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति पार्टी र खोला नदी मापदण्ड पीडित संघर्ष समितिले बिहीवार काठमाडौंमा प्रदर्शन गरेका हुन् ।

null 

काठमाडौंको माइतीघरमा भेला भएर उनीहरूले कालो ब्यानरसहित प्रदर्शन गरेका हुन् ।

null

सर्वोच्चको २०८० पुस ३ गतेको फैसला खारेजीको माग गर्दै यसअघि पनि पीडितहरूले आन्दोलन गरेका थिए ।

null 

‘जनतालाई उठिबास लगाउन पाइँदैन, सडक र खोलाको मापदण्ड खारेज गर’ जस्ता नारा उनीहरूले लगाएका छन् ।

null

पीडितहरूले सर्वोच्चको पछिल्लो फैसला कार्यान्वयन भए उपत्यकाका नदी किनाराका ५० हजारभन्दा बढी परिवार प्रभावित हुने बताएका छन् ।

null 

सर्वोच्चको फैसलाविरुद्ध सरकार पुनरावेदनमा गइसकेको छ ।

null 

थप तस्वीरः

nullnullnullnullnull 
 

salt training

कमेन्ट गर्नुहोस्