
नेपालकै चर्चित तयारी पोशाक ब्रान्ड सोनामले यस वर्षको दशैं र तिहारलाई लक्षित गर्दै विशेष फेस्टिभ अफर सार्वजनिक गरेको छ । असोज १ देखि १९ गतेसम्म चल्ने यस अफरअन्तर्गत ७० प्रतिशतसम्मको आकर्षक छुट उपलब्ध हुनेछ ।
अफरमा महिला, पुरुष, र बालबालिकाका लागि विभिन्न उच्च गुणस्तरीय ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोटका साथै ट्रेकिङ पोशाक, टेन्ट र ब्यागसमेत समेटिएको कम्पनीले जनाएको छ ।
सोनामका शोरूमहरू काठमाडौं उपत्यकाको नारायणगोपाल चौक, बौद्ध, केएल टावर चाबाहिल, बानेश्वर आइप्लेक्स मल, जडिबुटी चौक, ग्वार्को, सातदोबाटो, जावलाखेल, न्युरोड, ठमेलको क्वाबहाल, सातघुम्ती र छायाँ सेन्टर समावेश छन् ।
यस्तै बालाजु बीजी मल, त्रिपुरेश्वर डब्लूटीसी, सिभिल मल सुन्धारा र कमलपोखरीस्थित सिटी सेन्टरमा पनि सोनामका शोरूमहरू अवस्थित छन् । सामाखुशी शाखा भने छिट्टै सञ्चालनमा आउँदै छ
काठमाडौं उपत्यका बाहिर पोखराको लेकसाइड र न्युरोड, बुटवल, सुर्खेतको वीरेन्द्रनगर, चितवनको सिजी ल्यान्डमार्क, हेटौंडा, धरानको पुतलीलाइन, र बिर्तामोडमा रहेका सोनामका शोरूमहरूमा पनि यो छुट लागू हुनेछ ।