०४ असार २०८३, बिहीबार

पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्न मन्त्री यादवको आग्रह

असोज ३, २०८१
काठमाडौं
पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्न मन्त्री यादवको आग्रह

 खानेपानीमन्त्री प्रदीप यादवले पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्न र नियमित क्लोरिनेसन प्रक्रिया अपनाउन आग्रह गरेका छन् । 

ललितपुरको गोदावरी नगरपालिका-१४ स्थित ठैवस्थित इनार निरीक्षणपछि उनले उक्त आग्रह गरेका हुन् । उक्त इनारबाट केही समयअघि हैजा फैलिएको थियो । 

निरीक्षणपछि मन्त्री यादवले भने, “बर्खामा इनार र ट्युबवेलजस्ता खुला मुहानमा ढल मिसिँदा  पानीमा दिसाजन्य किटाणुको जोखिम बढ्छ, जसले हैजा र झाडापखाला फैलिन सक्छ, त्यसैले उपभोक्ताहरुलाई शुद्ध पानी मात्र वितरण गर्नुपर्छ ।” 

मन्त्री यादवले समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी उमालेर वा क्लोरिनेसन गरिएको पानी मात्र प्रयोग गर्नुपर्ने सन्देश फैलाउन पनि निर्देशन दिए ।

salt training

कमेन्ट गर्नुहोस्