२२ असार २०८३, सोमबार

तीन प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना

असोज ४, २०८१
काठमाडौं
तीन प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना

हाल कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थान, गण्डकीका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  

राति बागमती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थान तथा बाँकी पहाडी भेगका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। 

salt training

कमेन्ट गर्नुहोस्